Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकदोहोरी प्रतिष्ठान भन्छ- विष्णु खत्रीलाई संस्थामै राखिराख्न प्रयास गर्छौं


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 4.7K
    SHARES

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक विष्णु खत्री र बमबहादुर कार्कीले नयाँ संस्था खोल्न लागेको भन्ने खबरलाई लिएर औपचारिक धारणा व्यक्त गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रमेश बीजीसहितका पदाधिकारीले गायक खत्री अहिले पनि संस्थामै रहेको र भेटेर छलफल गर्ने बताए ।

‘उहाँ (विष्णु खत्री)जस्तो मान्छे संस्थालाई चाहिन्छ । उहाँ पूर्वमहासचिव हो । सक्षम व्यक्ति हो । संस्था छाडेर गएको भन्ने जानकारी हामीलाई छैन । उहाँ अहिले पनि हामीसँगै हुनुहुन्छ । उहाँसँग छलफल गर्न हामी तयार छौं । यदि कलाकारको हकहितको लागि नयाँ संस्था खोलिन्छ भने त्यो राम्रो कुरा हो,’ पत्रकार सम्मेलनमा गायक बद्री पंगेनीले भने ।

गायक खत्रीले पाका कलाकार कार्कीलाई लिएर लोकदोहोरीको नयाँ संस्था घोषणा गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएको थियो । खत्री स्वयंले प्रतिष्ठानको नेतृत्वको सोच पाल्पा र स्याङ्जाको मनोविज्ञानबाट माथि उठ्न नसकेको भन्दै नयाँ संस्था वृहत आकारको हुने र सबै सांस्कृतिक पक्षलाई समेट्ने बताएका थिए । खत्रीसहितको टोलीले नयाँ संस्था खोल्ने खबर बाहिरिएपछि महाधिवेशनको मुखमा रहेको प्रतिष्ठानको ध्यान यसतर्फ सोझिएको हो ।

उक्त पत्रकार सम्मेलनमा अध्यक्ष बीजीले अहिलेसम्म औपचारिक रुपमा कसैले पनि नेतृत्वका लागि उम्मेदवारी घोषणा नगरेको बताए । उनले आफू अध्यक्षमा नदोहोरिने प्रष्ट पार्दै आफ्नो समर्थन रीता थापा मगरलाई हुने बताए । तर गायक पशुपति शर्माले पनि अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेका छन् । यदि गायक विष्णु खत्रीले नयाँ संस्था नखोलेर प्रतिष्ठानमै रहेर अध्यक्ष पदमा उम्मेदवारी दिए भने चुनावी माहोल रोचक हुने देखिएको छ ।

महाधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने

आगामी फागुन १२, १३ र १४ गते धादिङबेंसीमा हुन लागेको आठौं केन्द्रीय महाधिवेशन र २२औं वार्षिक साधारणसभामा करिब एक हजार जना प्रतिनिधि सहभागी हुने भएका छन् । वक्तव्यमा जनाइएअनुसार केन्द्रीय समिति, ६ प्रदेश स्तरीय समिति, ७२ जिल्ला स्तरीय समितिका प्रतिनिधिले भाग लिने भएका छन् । साधारणसभा तथा महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्ने जनाइएको छ ।

प्रतिष्ठानसँग अहिले २३ हजार ३२२ साधारण सदस्य, २ हजार ७७३ आजीवन सदस्य र २६ मानार्थ सदस्यसहित २६ हजार ११८ जना सदस्य रहेका छन् । दुई प्रदेश र १२ जिल्लामा प्रतिष्ठानको आफ्नै भवन बनाउने प्रक्रिया सुरु गर्न लागेको समेत जनाइएको छ । यसैगरी व्यवस्थित लोकसंग्रहालय सञ्चालन गर्ने पनि योजना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४