Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब फेसबुक र इन्स्टाग्राममा ब्लू टिक पाउन पैसा तिर्नुपर्ने मासिक शुल्क १२ देखि १५ डलर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । मेटा कम्पनीले आफ्नो नयाँ सशुल्क भेरिफिकेशन सब्सक्रिप्सन सेवाको घोषणा गरेको छ । सीईओ मार्क जुकरबर्गले आइतबार मेटा भेरिफाइड नामक नयाँ सेवाको घोषणा गरेका हुन् ।

जुकरबर्गका अनुसार अब इन्स्टाग्राम र फेसबुकको अकाउन्ट भेरिफिकेसनका लागि वेब भर्सनमा मासिक ११.९९ डलर र आइओएसमा १४.९९ डलर शुल्क तिर्नुपर्नेछ ।

जुकरबर्गका अनुसार फेसबुक र इन्स्टाग्राममा सशुल्क भेरिफिकेसन फिचर यहीँ हप्ता अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु गरिनेछ । निकट भविष्यमै अन्य देशहरुमा पनि सशुल्क भेरिफिकेसन सब्सक्रिप्सन सुरु गरिने जुकरबर्गको भनाई छ ।

फेसबुक र इन्स्टाग्राममा सुरु गर्ने सशुल्क भेरिफिकेसन फिचरले आफ्ना सेवाहरुको आधिकारिकता र सुरक्षामा वृद्धि गर्ने जुकरबर्गले बताएका छन् ।

मेटाले राजनेता, कार्यकारीहरु, पत्रकार तथा संगठनका सदस्यहरु आदिलाई उनीहरुको वैधताको संकेत प्रदान गर्नका लागि हाल निशुल्क रुपमा भेरिफिकेसन ब्याजका रपमा निलो टिक प्रदान गर्ने गरेको छ।

मेटाको नयाँ सब्सक्रिप्सन सर्भिस ट्वीटरको नयाँ सशुल्क ट्वीटर ब्लू फिचरजस्तै रहेको छ । ट्वीटरले गत नोभेम्बरमा ट्वीटर ब्लू सब्सक्रिप्सन सर्भिस सुरु गरेमा डिसेम्बरदेखि केही सुधारसहित पुनः लागू गरेको हो ।

मेटाका प्रवक्ताका अनुसार मेटाको भेरिफाइड सब्सक्रिप्सन प्राप्त गर्नका लागि प्रयोगकर्ताको उमेर न्यूनतम १८ वर्ष हुनुपर्ने, अकाउन्टको गतिविधि सम्बन्धी न्यूनतम मापदण्डहरु पूरा गर्नुपर्ने र प्रोफाइल नाम र फोटोसँग मेल खाने सरकारी परिचयपत्र पेश गर्नुपर्नेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४