Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय अभिनेत्री स्वरा भास्करले गरिन् विवाह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ५ २०७९
  • 2K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्करले विवाह गरेकी छिन् ।

उनले समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग कोर्ट म्यारिज गरेकी हुन् ।

उनले ट्विटरमा भिडियो राख्दै यसबारे जानकारी दिएकी हुन् । सोही क्रममा उनले २ मिनेट ५ सेकेण्डको भिडियो पोस्ट गर्दै आफ्नो प्रेमकथा पनि सुनाएकी थिइन् ।

फहाद र स्वराको पहिलो भेट सन् २०१९ मा भएको थियो । त्यसपछि दुवैबीच मित्रता भयो र कुराकानीको प्रक्रिया सुरु भयो ।

मार्च २०२० मा फहादले स्वरालाई बहिनीको विवाहमा निम्तो दिएका थिए । स्वराले भनेकी थिइन् ‘म सुटिङमा व्यस्त छु, त्यसैले आउन सक्दिन तर तिम्रो बिहेमा अवश्य आउनेछु ।’

तर, सन् २०२० देखि २०२२ सम्म यी दुई वर्षमा यी दुईबीचको निकटता बढ्यो । स्वराले केही साताअगाडी एउटा तस्बिर सेयर गरेकी थिइन्, जसमा उनी एक युवकको काखमा टाउको राखेर बसेकी थिइन् । यो तस्बिरसँगै उनले युवकलाई मिस्ट्री ब्वाइको नाम दिएर परिचय गराएकी थिइन् । सोही समयबाट उनीहरु प्रेम सम्बन्धमा रहेको खुलासा भएको थियो ।

स्वरा फिल्ममा आउनुअघि नाटकमा काम गर्थिन् । सन् २००९ मा उनले ‘माधोलाल कीप वकिङ’ बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन् । पछिल्लो समय उनी करिना कपुर र सोनम कपुरसँगै ‘वीरे दी वेडिङ’ मा देखिएकी थिइन् ।

विशेषगरी सहायक भूमिकामा जमेकी उनी राम्रो अभिनय गर्ने अभिनेत्री मानिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४