Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्ड देखाएर अखिल हुँ भन्न नपरोस्, व्यवहारले चिनाउनुस् : ओली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध विद्यार्थीलाई शालीन र विनम्र हुन आग्रह गरेका छन् । मंगलबार अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले परिचय पत्र देखाएर अनेरास्ववियुको विद्यार्थी भन्नुपर्ने अवस्था आउन नदिन आग्रह गरेका हुन्  ।

‘परिचयपत्र देखाएर अनेरास्ववियुको विद्यार्थी भन्नु नपरोस्, विचारबाट, कामबाट, विनम्रता र शालीताबाट अनेरास्ववियुको विद्यार्थी भन्ने चिन्न पाइयोस्’ उनले भनेका छन्  ।

ओलीले अगाडि भने, ‘अनेरास्ववियुको विद्यार्थी भनेर तपाईं बसमा हिँड्दा तपाईंको ब्यवहार देखेर कति खराब रहेछ को मान्छे हो यो भन्दा म अनेरास्ववियुको हो भनेर कार्ड देखाउने होइन । तपाईको शालीनताले, तपाईको व्यवहारले, बिनम्रताले, मुस्कानले र आदरयुक्त ब्यवहारले बाबु अनेरास्ववियुको विद्यार्थी हो, बहिनी अनेरास्ववियुको विद्यार्थी हो भनेर सोधुन् न !

ओलीले पढाइमा चलाख हुन पनि विद्यार्थीहरुलाई आग्रह गरेका छन् । अनेरास्ववियुको भाइबहिनी ट्यालेन्ट हुनपर्छ । परीक्षामा फस्ट, सेकेन्ड, थर्ड फोर्थ हुने विद्यार्थी को हो भन्दा अनेरास्ववियुको भन्ने हुनुपर्छ’ उनले भने ।

आन्दोलनले गर्दा पढ्नै पाइएन भन्न नमिल्ने भन्दै उनले आफ्नै उदाहरण दिए । ‘म जिन्दगीभर आन्दोलनमा छु । पढ्न मिलेको छ, अहिले पनि पढिरहेको छु । आन्दोलनमा लाग्दा पनि पढ्न मिल्छ,। विद्यार्थीको काम पढ्ने हो ।

उनले विद्यार्थीहरुलाई अरुको बोझ नबन्न पनि सुझाव दिएका छन् । जीवन जिउने दुई तरिका छन् भन्दै ओलीले भने, ‘एउटा, आफू अनुकुल पस्थितिमा पुग्ने अरुलाई पनि अुनुकल स्थितिमा पुग्न मद्दत गर्ने । आफू अनुकुल स्थितिको सिर्जना नगर्ने र अरुका निमित्त समेत बोझको विषय बन्ने । यसमा दोस्रो बाटो हामीले रोज्नु हुँदैन ।

नेकपा एमालेका कार्यकर्ताले राजनीति गर्ने नाममा काम गर्न छाड्न नहुने ओलीले बताएका छन् । ‘देशभरिका जनता यदि नेकपा एमाले हौं भन्ने नाममा काम गर्नै छोडे भने उत्पादनको काम गर्न छोडे भने’ ओलीले भने, ‘म त राजनीति गर्छु नि भन्ने काम किन गर्छु भन्ने हो भने तिनको जिम्मा कसले लेला ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४