काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण सोमबार दिनभर बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाविरुद्ध आन्दोलित उनीहरुले दिनभर नै सडकमा बस तेर्सायाएर आवागमन अवरुद्ध गरेका छन् ।
आन्दोलनकारीहरुले साँझपख माछापोखरी चोकमा रहेको अस्थायी प्रहरी बीट र प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यतिबेला सो क्षेत्र तनावग्रस्त रहेको हाम्रा सम्वाददाताले बताएका छन् ।
यातायात मजदुरको आन्दोलनले दिनभर अस्तव्यस्त बनेको छ ।





