Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राखी सावन्तका श्रीमान् आदिलविरुद्ध बलात्कारको मुद्दा दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १ २०७९
  • 2.5K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री तथा मोडल राखी सावन्तका श्रीमान् आदिल खानविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार इरानकी एक विद्यार्थीले आदिलमाथि बलात्कारको उजुरी दिएकी हुन् । आदिलले विवाह गर्छु भन्दै ५ महिनासम्म बलात्कार गरेको भन्दै ती विद्यार्थीले आरोप लगाएकी छन् ।

एकातिर राखीले आदिलविरुद्ध कुटपिट गरेको र धोका दिएको आरोप लगाएकी छिन् भने यसैबीच अब आदिलविरुद्ध बलात्कारको मुद्दा पनि लागेको छ ।

ती विद्यार्थीले मैसूरको विवी पुरम प्रहरी चौकीमा उजुरी दिएकी हुन्। प्रहरीले आदिल विरुद्ध आईपीसीको धारा ३७६,४१७,४२०,५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

प्रहरीका अनुसार ती इरानी महिला फार्मेसी पढ्न भारत आएकी थिइन् । उनी मैसूरको एउटा कलेजमा भर्ना भएकी थिइन् , जहाँ उनले आदिललाई भेटेकी थिइन् । आदिल त्यहाँ एउटा फूड आउटलेटको मालिक थिए, इरानी महिला त्यहाँ बारम्बार जाने गर्थिन ।

बिस्तारै यी दुईबीचको निकटता बढ्दै गयो । दुवैजना सँगै एउटै फ्ल्याटमा बसे, तर ती महिलाले आदिललाई आफूसँग विवाह गर्न आग्रह गर्दा उनले धेरै केटीसँग आफ्नो यस्तो सम्बन्ध रहेको भन्दै विवाहको लागि अस्वीकार गरिदिए ।

ती महिलाले आदिललाई आफूसँग बिहे नगरे प्रहरीमा उजुरी दिन्छु भन्दै धम्की दिदाँ आदिलले उल्टो उनको केही अश्लिल तस्बिरहरू सोसल मिडियामा सेयर गर्ने र आमाबुवालाई पनि पठाउने भन्दै ज्यान मार्ने धम्की समेत दिएका उजुरीमा बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४