Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टर्की र सिरियाको भूकम्प पीडितको मद्दतमा अभिनेत्री एन्जेलिना जोली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २९ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सहयोग गर्ने बताएकी छन् ।

जोलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भूकम्पग्रस्त क्षेत्रको तस्वीर र भिडियो सार्वजनिक गर्दै पीडितको सहयोगका लागि आफू लाग्ने भन्दै सहयोग गर्न सबैलाई अपील समेत गरेकी छन् ।

गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७.८ रेक्टर स्केलको भूकम्पको साथै ७.५ रेक्टर स्केलको परकम्पले दुबै देशमा विनाश निम्त्यायो । जसमा परी मृत्यु हुनेको संख्या २९ हजार नाघिसकेको छ । उद्धार कार्य जारी रहेको सो क्षेत्रमा भूकम्पपीडितका लागि सहयोग जुटाउन अभियान पनि चलिरहेका छन् । संसारभरका मानिसहरू टर्की र सिरियालाई मद्दत गर्न आफ्नो हात बढाइरहेका छन्।

जोलीले लेखेकी छिन्, ‘मेरो मन सिरिया र टर्कीका जनतासँग छ । यतिबेला धेरै परिवार पीडामा छन्, उनीहरूको अकल्पनीय पीडा बुझ्न गाह्रो छ। मलाई आशा छ कि अरूले पनि मद्दत गर्ने विचार गर्नेछन्, ताकि तिनीहरूले जीवन बचाउन आफ्नो प्रयास जारी राख्न सकून्।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४