Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारबारे समीक्षा गर्दै जनमत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २९ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । जनमत पार्टीले सरकारको कामकाजको समीक्षा र अगामी कार्ययोजनाको विषयमा छलफल सुरु गरेको छ । शनिवारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकमा यस विषयमा छलफल सुरु भएको हो ।

जनमत पार्टी संघ तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी भएको छ । केन्द्रीय सरकारमा पार्टी पुस ११ गते सहभागी भएको हो भने मधेस प्रदेशको सरकारमा जनमत पार्टी माघ १० गते सहभागी भएको थियो । पार्टीले केन्द्रमा खानेपानी मन्त्रालय सम्हालेको छ भने मधेस प्रदेशमा एक राज्यमन्त्रीसहित भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय गरी दुई वटा मन्त्रालय पाएको छ । लुम्बिनी प्रदेशमा पार्टीले सामाजिक विकास मन्त्रालय सम्हालिरहेको छ ।

सरकारमा सहभागी भएपछि काम कारबाही र त्यसमा जनताको प्रतिक्रिया कस्तो रह्यो साथै, सरकारमा रहेर अगामी दिनमा कसरी काम गर्ने विषयमा पनि छलफल भइरहेको सो पार्टीमा सचिव एवं मधेस प्रदेशका भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले बताए । उनले भने, ‘मुख्य रूपमा संगठन विस्तारलगायतका विषयमा छलफल सुरु भएको हो । त्यसमा सरकारको कामकाज र उसको समीक्षालगायतको विषयमा पनि छलफल भइरहेको छ ।’

जनमत पार्टीले थप एउटा मन्त्रालय सरकारसँग माग गरिरहेको छ । सुरुमा भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिएको कारण जनमत असन्तुष्ट भएर केही दिन मन्त्रालय नै सम्हालेन । त्यसपछि प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय दिने प्रतिबद्धता जनाएपछि जनमतले सो मन्त्रालय सम्हालेको थियो ।

राष्ट्रपतिको चुनावपछि मन्त्रालयको विषयमा सरकारसँग छलफल गर्ने जनमतले जनाएको छ । त्यसको बारेमा कार्यकारिणी समितिको बैठकले एउटा धारणा बनाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४