काठमाडौँ । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा सरकार सञ्चालनको विषयमा छलफल भएको हो ।
राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएको बताएका छन् । उनले जन प्रहारलाई भने, ‘यस विषयमा आज छलफल भएको छ । विगतको समीक्षा र आगामी योजनाबारे पनि छलफल भयो ।
संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे भने कुनै छलफल नभएको उनले बताएका छन् । उनले भने, ‘ राष्ट्रपतिको उम्मेदवारबारे पुस १० गते भएको सहमति छँदै छ । आज कुनै छलफल भएन ।’ सत्ता घटक जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी आजको संयन्त्रको बैठकमा अनुपस्थित थिए ।