Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिक उन्मुक्तिकी अध्यक्ष भन्छिन् : सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी “नाउपा”ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।

रावलले आज बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नागरिक उन्मुक्ति पार्टी “नाउपा”ले विश्वासको मत नदिने बताएको छ ।

नागरिक उन्मुक्ति पार्टी”नाउपा” अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं ।

बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर नेकपा एमाले नेताहरुले बुधबार नागरिक उन्मुक्ति पार्टी “नाउपा” नेताहरुसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन ।

प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् वा लिएनन् भने रावल स्वतः पदमुक्त हुनेछन् ।

त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४