Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कियारा र सिद्धार्थको विवाह आज सूर्यगढ प्यालेसमा हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २४ २०७९
  • 2K
    SHARES

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणीको विवाह मंगलबार भारतको राजस्थानको जैसलमेरमा रहेको सुर्यगढ प्यालेसमा हुँदैछ ।

उनीहरूको विवाहको विधि आइतबार अर्थात फेब्रुअरी ५ बाट सुरु भएको थियो । कियारा र सिद्धार्थ विवाहको लागि शनिबार नै मुम्बईबाट आफन्त र परिवारसहित जैसलमेर पुगेका थिए ।

कियारा र सिद्धार्थको विवाहमा सहभागी हुन बलिउडका धेरै ठूला सेलिब्रेटीहरू जैसलमेर पुगिसकेका छन् । अभिनेता शाहिद कपूर, पत्नी मीरा कपूर, करण जोहर, मनिष मल्होत्रा, जुही चावला, उनका पती जय मेहता, मुकेश अम्बानीका छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानी पति आनन्द पिरामलसँग विवाह स्थल पुगिसकेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार कियारा र सिद्धार्थले आफ्नो विवाहको पहिलो निमन्त्रणा अभिनेता शाहरुख खानलाई दिएका थिए । उनीहरूको विवाहमा अन्य कलाकाररू पनि मंगलबार सूर्यगढ प्यालेसमा पुगेका छन् ।

कियारा र सिद्धार्थको विवाहको लागि जैसलमेरको सूर्यगढ प्यालेस पूर्ण रूपमा सजाइएको छ । सोमबार साँझ सोही प्यालेसमा मेहेन्दी र संगीत कार्यक्रम गरिएको थियो । शाहिद कपुरकी श्रीमती मीरा र जुही चावलाले पनि बलिउड गीतमा नृत्य गरेका थिए ।

त्यसैगरी, विवाहमा आएका पाहुनाहरुको बस्ने विशेष व्यवस्था गरिएको छ । देशकै शीर्ष विवाह गन्तव्यमा परेको यस प्यालेसका ८० कोठा चार दिनका लागि बुकिङ भइसकेका छन् । उनीहरूले विवाह गर्ने उक्त होटलको एक दिनको खर्च करिब १ करोड २० लाख भारतीय रुपैयाँ रहेको छ ।

कियारा र सिद्धार्थ विगत ३ वर्षदेखि एकअर्काको प्रेममा छन् । दुवैको प्रेमकथा फिल्म ‘शेर शाह’को सेटबाट सुरु भएको थियो । सिद्धार्थले फिल्म स्टुडेन्ट अफ द इयरबाट डेब्यू गरेका थिए । सिद्धार्थले अहिलेसम्म १५ वटा फिल्ममा गरिसकेका छन् । कियाराले भने २२ फिल्म गरिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४