Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘बुलाकी’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २३ २०७९
  • 6.4K
    SHARES

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनित चलचित्र ‘बुलाकी’काे पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ ।

चलचित्रका निर्माताले पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख १ गते चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

यसअघि यो चलचित्र कात्तिक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा दुई ठूला चलिचत्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ डेढ महिना पछाडि सर्दै बैशाख १ मा आउन लागेको हो ।

लक्ष्मण सुनारको निर्देशन बनेको चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । चलचित्रमा सुरक्षा र नरेन बाहेक विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री आदिको अभिनय छ ।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन गरेका हुन् । चलचित्रको कथा निर्देशक सुनारको हो भने पटकथा तथा संवादमा उनलाई राजबहादुर साने र विराज विष्टले सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४