काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”ले आज संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् ।
छलफल बिहान ९ बजे पछी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुने भएको छ ।
प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”को सचिवालयले जनाएको छ ।