काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रास्वपाले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जन प्रहारलाई जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार आफ्नो पार्टीलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री तथा सत्ता गठबन्धनमा आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाएको खण्डमा सरकारबाट बाहिरिने सम्मको चेतावनी दिएको छ ।
यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।