Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुगल असिस्टेन्टका यी फिचर, जसले बनाउने छ तपाईंको दैनिक जीवन सहज


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २१ २०७९
  • 2K
    SHARES

काठमाडौं । Golgle Assistant एन्ड्रोइड प्रयोगकर्ताका लागि निकै सजिलो आर्टिफिसियल इन्टेलिजेन्स हो ।

गुगलको यो सर्भिसको यदि राम्रोसँग प्रयोग गर्न जान्नेहो भने यसले प्रयोगकर्ताका विभिन्न दैनिक कार्यहरुलाई अत्यन्तै सहज तथा सरल बनाइदिन्छ ।

समाचार डिस्प्ले गर्नेदेखि शपिङ गर्नका लागि सम्झाइदिनेसम्मका कामका लागि गुगल एसिस्टेन्टले तपाईंलाई सहयोग गर्दछ ।

र, यसका लागि तपाईंले ठूलो दुःख गर्नै पर्दैन र मात्र Hey, Google भने मात्रै पुग्छ ।

तपाईंले उक्त आवाज संकेतलाई पर्सनलाइज पनि गर्न सक्नुहुन्छ । त्यसैले यदि गुगल असिस्टेन्टले तपाईंका लागि के के गर्न सक्दछ भन्ने कुरा थाहा छैन भने तपाईंले धेरै कुरा गुमाइरहनु भएको हुन्छ ।

दैनिक जीवनमा निकै काम लाग्ने र तपाईं हाम्रो दैनिकीलाई सहज बनाइदिने न्ययनभि ब्ककष्कतबलत का केही फिचरहरु यी हुन् :

  • दैनिक समाचारहरु देखाउने

गुगल असिस्टेन्टको सहायताले तपाईं आफ्नो दुनियामा के भैरहेको छ भन्ने कुरामा सुसूचित हुन पाउनुहुन्छ । तपाईंले यसका लागि समाचार पढ्नु समेत पर्दैन । तपाईंले गुगल असिस्टेन्टले तपाईंलाई शुभ बिहानीको समयतालिकाकामा अभ्यस्त हुन सहयोग गर्नेछ ।

तपाईंले यो भर्चुअल असिस्टेन्टमा विश्वका समाचार के छन् भनेर सोधेपछि यसले स्वचालित रुपमा पछिल्ला विश्व समाचारको सारांश बताइदिन्छ । कुनै एप्लिकेसनको रुटिनमा सुरक्षित नहुँदा पनि यो फिचरले काम गर्दछ । तपाईंले गुगल असिस्टेन्ट एप खोलेर Listen to news भन्नुहोस् वा सुरु हुने समय सेट गर्नुहोस् । यति गरेपछि पछिल्ला विश्व समाचार सहितको अडियो बज्न सुरु हुन्छ ।

  • बाटो पत्ता लगाउने

Google Assistant मा जिपिएस प्रविधि हुन्छ र यसले तपाईंलाई आफ्नो गन्तव्यसम्म पुग्ने सबैभन्दा उत्तम बाटो बताइदिन्छ । यसका लागि एपमा गएर भ्वाइस कमान्ड सक्रिय बनाएर सोधे पुग्दछ । गुगल असिस्टेन्टले तपाईंलाई गन्तव्यसम्मको ट्राफिक जाम वा अवरोध कम भएको बाटो बताइदिनेछ । यसका लागि तपाईंले गुगल असिस्टेन्ट सेटिंग्समा गएर गन्तव्यको ठेगाना सेट गर्नु पर्दछ ।

  • अलार्म सेट गर्ने

गुगल असिस्टेन्टमा रहेको अलार्म सेट गर्ने फिचरले पनि तपाईंको दैनिक कार्यतालिकालाई व्यवस्थित गर्न सहयोग गर्दछ । जस्तै तपाईंले Sleeptime भन्ने शव्द बोलेर आफ्नो सुुत्ने समयको जनाउ दिने अलार्म तय गर्न सक्नुहुन्छ ।

साथै गुगल असिस्टेन्टले तपाईंलाई मिठो निद्राका लागि विभिन्न आनन्ददायी आवाजहरु पनि बजाइदिन्छ । गुगल असिस्टेन्टले सुत्नु अगाडि भोलिका लागि ब्याट्री रिचार्ज गर्नुपर्ने छ कि भनेर पनि सम्झाइदिन्छ । यी सबै कुराका लागि गुगल असिस्टेन्टमा अलार्म राख्न सकिन्छ ।

  • रिमाइन्डर सेट गर्ने

गुगल असिस्टेन्टको एउटा अर्को सबैभन्दा उपयोगी फिचर भनेको प्रासङिगक रिमाइन्डर व्यवस्थापन गर्न पाउनु हो । तपाईंले कुनै निश्चित दिन तथा समयमा कुनै निश्चित क्रियाकलापहरुको बारेमा सम्झना गर्नको लागि गुगल असिस्टेन्टमा रिमाइन्डर सेट गर्न सक्नुहुन्छ ।

जस्तै कुनै आइतबार बिहान १० बजे आमालाई फोन गर्न सम्झाउनु, शनिवार दिउँसो १ बजे सामान किनमेल गर्न पसल जानेकुरा सम्झाउनु आदि भनेर गुगल असिस्टेन्टमा रिमाइन्डर सेट गर्न सकिन्छ । तपाईंले त्यसरी तय गरेको समयमा गुगल असिस्टेन्टले आवाजबाटै तपाईंलाई उक्त कुराको स्मरण गराउनेछ ।

  • एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४