Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपको निलम्बन फुकुवा क्यानले तत्काल फिर्ता लिनुपर्छ : महामन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २० २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ क्यानले गलत गरेको बताएका छन् ।

हतारोमा गलत निर्णय भएको भन्दै उनले तत्काल फिर्ता लिन माग गरेका हुन् ।

अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्, ‘मेरो धारणा प्रष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउनु हुन्न ।

एक साताअघि कांग्रेस जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको उनले बताएका छन् । कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो, तर त्यसो हुन सकेन ।

थापाले अघि भनेका छन्, ‘पुन दोहो¥याउन चाहन्छु, बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४