Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेश प्रदेशमा ‘नागरिकसँग गृह तथा सञ्चार मन्त्री’ कार्यक्रम सञ्चालन गरिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २० २०७९
  • 2K
    SHARES

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त गृह तथा सञ्चारमन्त्री सत्रुधनप्रसाद सिंहले ‘नागरिकसँग गृह तथा सञ्चारमन्त्री कार्यक्रम’ सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री सिंहले प्रदेशमा शान्ति सुरक्षाको स्थितिको विषयमा ‘नागरिकसँग गृह तथा संचार मन्त्री’ कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यस मन्त्रालयको पहिलो जिम्मेवारी प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा रहेकाल प्रदेशको शान्ति सुरक्षाको अवस्था के रहेको छ ? शान्ति सुरक्षा र सुव्यवस्थाको सन्दर्भमा नागरिकहरुको धारणा के रहेको छ भन्ने विषयमा नागरिकसमक्ष सम्पर्क विस्तार गर्ने, शान्ति, सुरक्षा र सुव्यवस्थालाई सुदृढ बनाउन सरोकारवालाहरूबीच अन्तरक्रिया गर्ने, पृष्ठपोषण प्राप्त गर्ने लगायतका क्रियाकल्प सञ्चालन गर्ने निर्णयमा भनिएको छ ।

‘नागरिक र मधेश प्रदेश सरकारबीच सुमधुर सम्बन्ध स्थापित गर्दै पारस्परिक विश्वास अभिवृद्धि गर्न प्रदेशमा शान्ति सुरक्षाको स्थिति, नागरिकसँग गृह तथा सञ्चार मन्त्री कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्न उपयुक्त देखिन्छ ।’ निर्णयमा उल्लेख छ ।

उक्त कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०७१।०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश नभएकाले विविध खर्च शीर्षकबाट कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४