Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्युकासल काराबाओ कपको फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 1.5K
    SHARES

एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै न्युकासल युनाइटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेल २–१ ले जित्दै न्युकासल फाइनलमा पुगेको हो । पहिलो लेगको खेल १–० ले जितेको न्युकासलले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको न्यूक्यासलको जितमा सिन लङस्टाफले दुई गोल गरे । साउथह्याम्टनका चे एडम्सले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा लङस्टाफले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा लङस्टाफले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई २–० को को अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले गोल गर्दै खेललाई २–१ मा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल न्यूक्यासल २–१ ले विजयी भयो ।

यस्तै, खेलको ८२ औं मिनेटमा ब्रुनो गुइमारेसले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।

न्युकासल सन् १९९९ पछि पहिलो पटक इंग्लिस फुटबलको फाइनलमा पुगेको हो । फाइनलमा न्युकासल युनाइटेडले म्यान्चेस्टर युनाइटेड वा नटिङघम फरेष्टमध्ये एक टोलीसँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनलको दोस्रो लेगको खेल आज राति हुनेछ । पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले नटिङघमलाई ३–० ले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४