Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जबरजस्ती करणीमा जेल परेका चौधरीले गरे कारागारभित्र महिला बन्दीलाई जबरजस्ती करणी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १७ २०७९
  • 2K
    SHARES

काठमाडौं । दाङको तुलसीपुर कारागारभित्र एक महिला बन्दीमाथि जबरजस्ती करणी भएको छ ।

गत कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले ती महिला बन्दीमाथि जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटना गत कात्तिकमा भएको भएपनि अहिले आएर सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कार्तिक १७ गते दिउँसो करिब सवा २ बजेतिर घटना भएको हो । घटना घटेको दिन नै पीडितले इलाका प्रहरी कार्यालय तुलसीपुरमा कारागार प्रशासनको भवन भित्रको भान्सा घरमा जबरजस्ती करणी गरेको भनी जाहेरी दर्ता गरेको र त्यही अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा पेश गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

अभियुक्त चौधरीले जबरजस्ती करणी मुद्दामा नै कैद भुक्तान गरिरहेका छन् महिला ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी छन् ।

उहाँका अनुसार चौधरीले पहिला पनि जबरजस्ती करणीको कैद भुक्तानी गर्दै आएका छन् । फेरि कारागार भित्र कैदीलाई जबरजस्ती करणी गरेको घटनाले अब ७ देखि १० वर्षसम्म कैद सजाए हुन सक्छ ।

यस्तै, गत पुस १६ गते आरोपित, पीडित लगायत साक्षीहरूको बकपत्र भइसकेको पनि प्रहरी निरीक्षक केसीको भनाइ छ । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पनि उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार पीडित महिला कैदीबन्दीको तर्फबाट कारागारमा चौकीदारको रुपमा थिइन्, भने पीडक पनि पुरुष कैदीबन्दीको तर्फबाट चौकीदार रहेका थिए । उहाँले भन्नुभयो, ‘दुबै जना चौकीदार हुँदा कारागारभित्र कामकाज गर्नको लागि बाहिरभित्र गर्न सहज हुन्छ । पीडितले भान्सामा पानी तताउन लागेको अवस्थामा पीडक भान्सामा पसेर ढोकाको चुकुल लगाएर मुख थुनेर जबरजस्ती करणी गरेको भन्ने जाहेरीमा उल्लेख छ ।

आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४