काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई साेमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट्नुभएकाे छ ।
साेमबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साहले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई भेट्नु भएकाे हाे । प्रधानमन्त्री दाहाल र मेयर साहबीच काठमाडौं महानगरपालिकाभित्रकाे पछिल्ला घटना क्रमकाे बारेमा कुराकानी भएकाे बालुवाटार स्रोतले जनाएकाे छ ।
पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उहाँ विरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप मेयर साहमाथि लागेकाे छ ।
काठमाडौं महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो ।