Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायलको जेरुसेलममा बन्दुकधारीको आक्रमणमा सातको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 1.8K
    SHARES

एजेन्सी । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिन पछि भएको गोली हानाहानमा सो घटना भएको बताइएको छ ।वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणपछि हिंसा बढ्दै गएपछि एक बन्दुकधारीले इजरायली बस्तीमा गोली चलाउँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा घाइते भएका १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अधिकारीहरुले ७० वर्षका वृद्ध र १४ वर्षका बालकसहित १४ जनामाथि बन्दुकधारीले गोली चलाएको बताएका छन् । पूर्वी जेरुसेलमका एक जना २१ वर्षका युवा सो आक्रमणमा संलग्न भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । प्यालेस्टाइनी इस्लामिक जिहादले सो आक्रमणको प्रशंसा गरेपनि घटनाको कसैले जिम्मा नलिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

कब्जा गरिएको वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणमा गत वर्ष कम्तिमा दुई सय जना प्यालेस्टाइनी लडाकू र सर्वसाधारण मारिएका थिए । इजरायल र कब्जा गरिएको क्षेत्रमा प्यालेस्टाइनीहरुले गरेको आक्रमणमा इजरायली नागरिक र सेना पनि मारिएको समाचारमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले वेस्ट बैंकको भ्रमण गर्ने भनिएको केही दिनअघि नै हिंसात्मक आक्रमण भएको हो । घटना लगत्तै सरकारी अधिकारीहरुले सो क्षेत्रको भ्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४