Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वका धेरै चलचित्र एकै ठाउँमा हेर्न सकिने स्थान काठमाडौं : निर शाह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 2K
    SHARES

काठमाडौं । वरिष्ठ अभिनेता निर शाहले विश्वका धेरै चलचित्र एकै ठाउँमा बसेर हेर्न सकिने स्थान काठमाडौं रहेको बताएका छन् ।

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा कार्यक्रममा बोल्दै शाहले अन्तर्राष्ट्रिय स्तरका गुणात्मक चलचित्रहरु चयन गरेर नेपाली चलचित्रका बारेमा पनि विदेशीहरुलाई प्रचार गर्न सक्नुपर्ने बताएका छन् ।

उनले नेपाल पनि राम्रा चलचित्र बनाउनसक्ने प्रशस्त सम्भावना भएको देश भएको बताएका छन् । उनले प्रत्येक वर्ष ३६५ दिन नै नेपालमा चलचित्र सम्बन्धी गतिविधिहरु हुने र वर्ष कुन बेला सकियो, कुन बेला सुरु भयो भन्ने हेक्का नै नरहने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘हरेक दिन केही न केही चलचित्रका नाममा भइ नै रहेको हुन्छ । अन्तर्राष्ट्रिय स्तरका गुणात्मक दृष्टिकोणले जुन प्रकारका सिनेमाहरु अन्तर्राष्ट्रिय चलचत्रि महोत्सवका दौरान दर्शकहरुले हेर्ने अवसर प्राप्त गर्छन्, त्यो गर्नका लागि एउटा मानिसले आधा जीवन खर्च गरेर करोडौं रुपैयाँ खर्च गर्दापनि प्राप्त गर्न नसक्ने खालको अवसर हो । त्यसलाई कसरी बुझेका छौँ ।’

शाह अगाडी थप्छन्, ‘विश्वभरका यति धेरै गुणस्तरीय सिनेमा एकै ठाउँमा बसेर हेर्न पाइने विश्वमै थोरै ठाउँ मध्येको एउटा ठाउँ बन्नसक्यो काठमाडौं । नेपाल पनि उत्कृष्ट सिनेमा बनाउनसक्ने प्रशस्त सम्भावना बोकेको देश हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४