Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिषेक गिरीको जेल सरुवाको मुद्दा उच्च अदालतमा, भोलि सुनुवाइ हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ८ २०७९
  • 2.9K
    SHARES

काठमाडौँ । मोरङ कारागारबाट भएको स्थानान्तरणको निर्णय विरुद्ध कैदी अभिषेक गिरी उच्च अदालत विराटनगर पुगेका छन् ।

कारागार व्यवस्थापन विभागले गरेको सरुवा रोक्न आदेश माग गर्दै गिरी उच्च अदालत विराटनगर गएका हुन् । उनले दर्ता गराएको रिटमा उच्च अदालत विराटनगरले सोमबार पेशी तोकेको छ ।

मोरङ कारागारका चौकीदार गिरीले सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै ३ माघमा रिट दायर गरेका थिए । उनको रिटमा कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारलाई विपक्षी बनाइएको छ ।

डिल्लीबजार कारागारमा रहेका गिरी २०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागारमा सरुवा भएका थिए । २०७४ चैत २३ गते भन्दा अगाडि उनी मोरङ कारागारको चौकीदार थिए ।

चौकीदारको रुपमा रहदा बजार क्षेत्रमा गुण्डागर्दी र कैदीबन्दीलाई यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते मोरङबाट डिल्लीबजार कारागार स्थानान्तरण गरिएको थियो ।

गिरीलाई दोस्रो पटक मोरङ ल्याउनका लागि २०७८ असोज १८ गते तत्कालिन चौकीदार नवीन राईलाई झुम्का कारागार सारिएको थियो । राईको सरुवापछि किरण गुरुङले कामचलाउ चौकीदारको जिम्मेवारी पाएका थिए । २०७८ साल कात्तिक २४ गते मोरङ कारागारमा गिरीकै कारण झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

झडपपछि गुरुङसहित ६ जनालाई झापा र इलाम सरुवा गरिएको थियो । २०७८ मंसिर ९ गते गिरी आउनुअघि तत्कालिन चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारलाई सिन्धुली कारागार सरुवा गरिएको थियो ।

गिरी कांग्रेस कार्यकर्ता रहेकाले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा २०७८ मंसिर ९ गते मोरङ ल्याइएको कारागार स्रोतको भनाइ छ । सरकार परिवर्तन भएलगतै उनको स्थानान्तरणको निर्णय भएको हो ।

सरुवाको पत्र आएपछि कैदीबन्दीले उनको सरुवा रोकन माग गर्दै प्रदर्शन गरेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीको कैद भुक्तान अवधी फागुन ३ गते सकिदैछ ।

मोरङ आएको एक वर्षपछि सरुवा हुँदा गिरीले भने आफूलाई सरुवा गर्ने निर्णय बदरको आदेश माग गरेका छन् । ४ माघमा न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलासमा प्रारम्भिक सुनुवाई हुँदा ९ गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

आफ्नो स्थानान्तरणको निर्णय विरुद्ध गिरीले राष्ट्रिय मानव अधिकार आयोगमा पनि निवेदन दिएका छन् । गिरीले आफूमाथि बदनियत राखेर कैद भुक्तान अवधि सकिनै लाग्दा अन्यत्र स्थानान्तरण गरिएको गुनासो गर्दै आएका छन् ।

कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएपनि कैदीबन्दीको विरोधका कारण उनको स्थानान्तरण हुन नसकेको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४