Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा विमान दुर्घटना : २२ जनाको शव आफन्तलाई हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ४ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । पोखरामा गत आइतबार भएको विमान दुर्घटनामा परेका मध्ये २२ जनाको शव उनीहरूका आफन्तलाई बुझाइएको छ ।

मंगलबार साँझसम्म ७१ जनाको शव भेटिएको मध्ये सनाखत भएका २२ जनाको शव पोखराबाटै हस्तान्तरण गरिएको कास्की जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुर्घटनामा परेका एक जनाको अवस्था अझै अज्ञात रहेको छ भने ४८ वटा शव मंगलबार काठमाडौं ल्याइएको थियो ।

सनाखत हुन नसकेका, विदेशी नागरिक तथा चालक दलका सदस्यहरूको शव काठमाडौं ल्याइएको हो । क्षत विक्षत अवस्थामा रहेका शवहरूको डीएनए परीक्षण गरी पहिचान गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो ।

दुर्घटनाग्रस्त विमानमा ७२ जना रहेका थिए ।

यसैबीच, पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका ४ जना भारतीय नागरिकका परिवारलाई उत्तर प्रदेश सरकारले प्रतिव्यक्ति ८ लाख रूपैयाँ दिने भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विमान दुर्घटनामा मृत्युभएका उत्तर प्रदेशको गाजीपुरका ४ युवाका परिवारलाई ८ लाखका दरले सहयोग गर्ने घोषणा गर्नुभएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४