Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 1.9K
    SHARES

काठमाडौँ । गण्डकी प्रदेशका  मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेशमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् ।

खगराज अधिकारीले पुस २१ गते मन्त्री नियुक्त गरेका चुमान आफैं माओवादीबाट मुख्यमन्त्रीको दाबी गरिरहेका थिए । खगराज नेतृत्वमा मन्त्री भएर जानुका पछाडि आधा कार्यकाल सरकारको नेतृत्व गर्न सजिलो होस् भन्नकै लागि भएको बताएका छन् ।

पार्टीका शीर्ष नेताहरुले गण्डकीमा आलो पालो नै हुन्छ भनिरहेको र त्यो चाँडै नै स्पष्ट हुने चुमानको दाबी छ । ‘एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई समर्थन दिने भन्ने निर्णय भयो । त्यसपछि आलोपालोको कुरा आयो र आलोपालो नै हुन्छ,’ चुमानले भने, ‘पछिल्लो समय आलोपालो हुनुपर्छ भन्ने विषय झनै बलियो भएर आएको छ ।

सरकारलाई सफल पार्नका लागि दलको नेताकै नेतृत्वमा मन्त्रिपरिषदमा जाँदा उपयुक्त हुन्छ भन्ने भएकैले आफू मन्त्री भएर गएको चुमानको दाबी छ । ‘म सरकारमा जाँदा भोलि माओवादीतर्फबाट म मुख्यमन्त्री बन्नका निम्ति कुनै बाधा अड्चन हुँदैन,’ चुमानले बिहीबार बेलुकी कुराकानी गर्दै भने, ‘आलो पालो होइन भन्ने कुरा गलत हो । अहिले उहाँ मुख्यमन्त्री भएर विश्वासको मत लिँदै हुनुहुन्छ । आधा समय उहाँलाई नै सघाउने काम हुन्छ । आधा समयपछि माओवादीबाट मुख्यमन्त्री हुन्छ ।

आधा कार्यकालका लागि मुख्यमन्त्रीपछिको दोस्रो मन्त्रालय आफ्नो पहिलो रोजाइ भएको चुमानले बताएका छन् । पूरै कार्यकाल माओवादीले मुख्यमन्त्री पाउँदैन भनेर आफू मन्त्री भएको नभएर भोलि सरकारको नेतृत्व गर्दा सजिलो हुन्छ भनेर सरकारमा गएको चुमानको स्पष्टीकरण छ । सरकारभित्रै गएर पहलकदमी लिँदा र अनुभव, क्षमता पनि भएकाले मन्त्री बन्नुपर्छ भन्ने मुख्यमन्त्रीको पनि जोड रहेको चुमानले बताएका हुन्  ।

‘५ दलीय गठबन्धन नै भएको भए पनि आलो पालो हुने कुरा थियो,’ चुमानले भने, ‘पछिल्लो समीकरणमा पनि आलोपालो कै कुरा हो ।’ यसपटक गण्डकीमा मन्त्रालयको संख्या १२ बाट घटाउने तयारी भइरहेको र दोस्रो वरीयताको मन्त्रालय अर्थ वा भौतिक पूर्वाधार माओवादीको भागमा पर्ने चुमानले बताएका छन्  ।चुमानले गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रसंसा पनि गरेका छन् ।

गुरुङले मुख्यमन्त्री हुँदा संघीयता कार्यान्वयनका सन्दर्भमा निकै अडान लिएको र त्यतिबेला संघीयताको पक्षमा त्यति धेरै बुझेको अर्को नेता नभएको चुमानको भनाइ छ । थुप्रै विषयमा बहस, छलफल र सहमति पनि पनि हुने गरेको चुमानको भनाइ छ । ‘त्यतिबेला गण्डकीमा संघीयता बुझेको अर्को थिएन, उहाँको अडान थियो । त्यसैले एकै ठाउँमा थियौं,’ चुमानले भने, ‘यसपटक एमालेभित्र अल्पमत वा बहुमत होला, त्यो हाम्रो सरोकारको विषय होइन ।

खगराजजीसँग त भर्खरै काम थालेका छौं । एउटै पार्टीमा काम गर्दा छलफल र बहस पनि भए । सरकारमा कम्फटेबल नै होला भन्ने लाग्छ । संघीयताको मर्मअनुसार केन्द्रको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कन्जुस्याइँ भइरहेको र त्यसकोविरुद्धमा अहिले पनि बोल्नै पर्ने अवस्था रहेको चुमानले बताएका छन् । चुमान पृथ्वीसुब्बा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४