Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखको चुनाव माघ ५ गते हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने भएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वासको मत लिइसकेपछि बैठकको अध्यक्षता गरिरहनु भएका जेष्ठ सांसद पशुपति शमशेर जंग बहादुर राणाले उक्त जानकारी गराउनु भएको हो ।

त्यसका लागि संघीय संसद सचिवालयले माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनालाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री दाहालले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

सभामुखका लागि सत्तारुढ गठबन्धनले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाएको छैन । सत्ता गठबन्धनमा रहेका दलहरुले भित्री रुपमा आ–आफ्नो पार्टीबाट सभामुखको दाबी गरेको भएता पनि बाहिर भने को सभामुख हुने भन्ने अझै एकिन भएको छैन ।

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने बेलामा राष्ट्रपति र सभामुख एमाले,उपराष्ट्रपति र उपसभामुख माओवादी केन्द्रको भागमा राख्ने सहमति बनेको भनिएता पनि त्यो बाहिर आएको छैन । जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपति र राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुखमा दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४