Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फुटबलबाट सन्यास लिने वेल्सका कप्तान बेलको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २६ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३३ वर्षको उमेरमै उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो ।

उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल मेरो जीवन बदलिएको छैन, बरु म को हुँ भन्ने पनि स्थापित भएको छ । म यो अविश्वसनीय इतिहासमा देशका लागि एक भूमिका निर्वाह गर्दा आफूलाई सम्मानित महसुस गर्दछु ।’

बेल वेल्सको सबैभन्दा महान खेलाडीको रुपमा चिनिन्छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् ।

दुई युरोपियन च्याम्पिनसिप जिताएका छन् । यसका साथै उनले आफ्नो टिमलाई युरो २०१६ को सेमिफाइनलसम्म पुर्याए । १९५८ पछि पहिलो पटक विश्वकपमा पनि पुर्याए । लस एन्जलसका फरवार्ड रहेका उनी त्यसअघि साउथह्याम्पटन, टोटनहम र रियल मड्रिडका लागि खेलिसकेका छन् । उनले अन्तिम खेल विश्वकपमा इंग्ल्याण्डविरुद्ध खेलेका थिए । यो बेलको १११ औं अन्तर्राष्ट्रिय खेल थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४