Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजस्थानमा हुनेछ कियारा र सिद्धार्थको विवाह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २४ २०७९
  • 3.4K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राको विवाह राजस्थानमा हुने भएको छ ।

उनीहरूले भारतका शीर्ष १५ विवाह गन्तव्यमा परेको एक गन्तव्य राजस्थानलाई रोजेका छन् । जुन मुम्बईबाट हजारौं किलोमिटर टाढा छ । उनीहरूले फेब्रुअरी ६ मा राजस्थानको जैसलमेरको समुद्र तटको बीचमा रहेको सूर्यगढ होटलमा विवाह गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिद्धार्थ र कियाराको विवाहको तयारी पूरा भइसकेको छ । उनीहरूले पञ्जाबी परम्पराअनुसार ब्याण्डबाजा र विस्तृत समारोहसहित विवाह गर्नेछन् ।

फेब्रुअरी ४ र ५ मा प्रि विवाह समारोह जस्तै हल्दी, मेहेन्दी र संगीत समारोह हुनेछन् भने फेब्रुअरी ६ मा विवाह हुनेछ । प्यालेस होटल र विवाह स्थलमा उच्च सुरक्षा हुने, सुरक्षाकर्मी र अंगरक्षकको समूहलाई फेब्रुअरी ३ मा राजस्थानको जैसलमेर पठाइने समाचारमा उल्लेख छ । उक्त होटलको एक दिनको खर्च करिब १ करोड २० लाख भारतीय रुपैयाँ रहेको छ ।

होटलमा अतिथिहरूलाई राजस्थानी शैलीमा स्वागत गरिने तयारी रहेको छ । पहेँलो ढुङ्गाबाट बनेको होटलमा ३ श्रेणीमा कोठा उपलब्ध छन् । जसको एक दिनको भाडा २० हजारदेखि २ लाख भारतीय रुपैयाँसम्म रहेको छ ।

करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४