Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २३ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन् ।

१४ पटकको मतदानमा हार बेहोरेका केभिन १५ औं पटकमा निर्वाचित हुन सफल भएका हुन् । सभामुख चयनका लागि खसेको ४ सय २८ भोट मध्ये केभिनले २ सय १६ मत प्राप्त गरेका हुन् । डेमोक्रेटिक उम्मेदवार हकिम जेफ्रिजले भने २ सय १२ मत प्राप्त गरेका छन्।

मतदानमा उपस्थित तर कतै पनि भोट नहाल्ने सांसद भने ६ जना थिए । जसलाई पक्ष र विपक्षमा नलिई ‘प्रिजेन्ट’ मा गनिन्छ । नवनिर्वाचित सभामुख म्याककार्थीले नान्सी पेलोसीलाई प्रतिस्थापन गर्नेछन् । हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २ सय २२ र डेमोक्रेटिकका २ सय १२ सांसद रहेका छन् । समाभुख चुनिनका लागि २ सय १८ भोट चाहिए पनि केही रिपब्लिकन उम्मेदवार म्याककार्थीको विपक्षमा उभिएकाले १५ औं चरणसम्म मतदान गर्नुपरेको हो ।

यसअघि रिपब्लिकन सांसद म्याट गेजलगायतका प्रभावशाली नेता म्याककार्थीको विपक्षमा उभिए पनि अन्तिममा केभिनलाई मत दिन तयार भएका हुन् । अमेरिकी सभामुखको निर्वाचनको इतिहासमा १ सय ६४ वर्षयताकै यो लामो चुनाव हो। सन् १९२३ मा सभामुख चयन गर्न ९ पटक मतदान गरिएको थियो । त्यसअघि सन् १८५६ मा १ सय ३३ पटकसम्म मतदान भएको थियो ।

सभामुख नभएकाले नोभेम्बरमा निर्वाचित भएका सांसदले शपथ समेत लिन पनि पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४