Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामकाे घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २२ २०७९
  • 1.8K
    SHARES

काठमाडाैं । युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रुसले पहिलो पटक क्षणिक युद्धविरामकाे घोषणा गरेको छ ।

अर्थाेडक्स ईसाइहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आज शुक्रबारदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामकाे घोषणा गर्नुभएको हो । स्थानीय समय अनुसार शुक्रबार मध्याह्नदेखि सुरु हुने युद्धविराम ३६ घण्टा रहने छ । अर्थोडक्स ईसाइ र यहुदीहरुले जनवरी ७ मा क्रिसमस पर्व मनाउने भएका छन् ।

मस्कोस्थित अर्थोडक्स चर्चका प्रमुख प्याट्रियक किरिलको आग्रहमा राष्ट्रपति पुटिनले साेही पर्वलाई लक्षित गरी युद्धविरामकाे घोषणा गर्नुभएको क्रेमलिनले बताएको छ । युक्रेनले भने रुसले आफ्ना सैनिकलाई ब्यवस्थित गरी अगाडि बढाउन समय खोजेको भन्दै रुसी युद्धविरामलाई खारेज गरेको छ ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४