Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल टी–ट्वान्टी लिग विवादले क्रिकेट नै धरापमा पर्ने संकेत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवादले उग्र रूप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । क्यान लामो समय निलम्बनमा पर्दा नेपाली क्रिकेटले फड्को मार्न सकेन । त्यसबेला नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप भयो भन्ने पनि आईसीसीको धारणा थियो ।

नेपाली क्रिकेटमा पछिल्लो समय यस्तै अवस्था देखिएको छ । क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेर क्रिकेट लिग सञ्चालनको सम्पूर्ण अधिकार दियो । तर उक्त अधिकार प्राप्त गरेको सेभेन थ्री स्पोर्ट्स खरो उत्रिन सकेन । खेलाडीको पारिश्रमिक र म्याच फिक्सिङ साथै स्पट फिक्सिङको विषयलाई लिएर अहिले चर्चा चुलिएको छ ।

त्यसो त क्यान आफैले पनि फ्रेन्चाइजी टिमका चार जना खेलाडीहरुलाई फिक्सिङको अफर आएको बताएको छ । तर, चार जना खेलाडीले नै रिपोर्ट गर्दा आफूहरुले त्यो विषय समाधान गरेको उसको भनाइ छ ।

  • नेपाल टी–ट्वान्टी लिगमा सुरुवातदेखि नै विवाद

नेपाल टी–ट्वान्टी लिगका लागि क्यानले भारतीय कम्पनीसँग सम्झौता गर्दा नै विवाद उठेको थियो । नेपाली क्रिकेट नै पूरै किन्न खोजेको भन्दै नेपाली क्रिकेटमा विवाद आयो । विवादले उग्र रुप लिएपछि क्यानका सचिव अशोकनाथ प्याकुरेल लगायतका बोर्ड सदस्यहरुले जिम्मेवारीबाटै राजीनामा दिए । पहिलो सम्झौताको क्रममा पूर्व सचिव प्याकुरेल लगायतका कर्मचारीको सहभागिता रहेको थियो । त्यसपछि क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई सम्झौताको केही बुँदाहरु सच्चाएर पठाउन लगाएको थियो, जुन थोरबहुत परिवर्तन भएर पनि आयो ।

सम्झौता सुधारिएर आएपछि क्यानले एक कार्यक्रम गर्दै लिगको घोषणा गर्यो । नेपाली क्रिकेटमा विदेशी कम्पनी आउँदा नेपाली क्रिकेटमा नयाँ इतिहास रचिएको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका थिए । ‘विदेशी कम्पनीले नेपाली क्रिकेटमा लगानी गर्नु सकारात्मक हो । यसले नेपाल क्रिकेटमा सहयोग पुग्नेछ,’ मल्लले हामीसँगको कुराकानीमा भनेको थिए ।

  • विवादमा नेपाल टी–ट्वान्टी लिग : फिक्सिङको आशङ्का, पाएनन् खेलाडीले पारिश्रमिक

सकै सम्झौताको विषयमा वेटिङ कम्पनीले नेपाली क्रिकेटलाई चलाएको भन्ने विषयमा चर्चा पनि भएको थियो । तर, सेभेन थ्री स्पेर्ट्सले भने आफूहरु वेटिङ कम्पनी नभएको बताएको थियो । त्यसपछि लिगको मिति पनि तीन पटक सर्न गयो । विभिन्न प्राविधिक कारण देखाउँदै क्यानले यही पुस ९ गतेबाट लिग सुरु गरेको थियो । तर लिगको सुरुवातमै विदेशी खेलाडीहरुले श्रम स्वीकृति नलिएको, लिग छाडेर गएको खबरले चर्चा पायो । गत मंगलबारदेखि भने म्याच फिक्सिङको चर्चा उत्कर्षमा छ । म्याच फिक्सिङको विषयमा नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सिेना र काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि कुरा उठाएका थिए ।

  • विवादित लिगबारे राखेप र खेलकुद मन्त्रालयको चासो

राष्ट्रिय खेलकुद परिष्द र खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा आफूहरुले बुझाएको पत्रको बेवास्ता गरेको भन्दै १५ दिन भित्र त्यसको छानविन गरी जवाफ पठाउन भन्दै पत्र काटेका छन् । खेलकुद परिषद्को कार्यसमितिको बुधवार बसेको बैठकले कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा ५ सदस्य छानविन समिति गठन गरेको छ ।

राखेपले क्यानलाई यसअघि पनि बिभिन्न समयमा पत्र पठाएको र त्यसको विषयमा क्यान जिम्मेवार भएर नलागेको बताएको छ ।
‘क्यानलाई श्रम स्वीकृती लगायतको विषय समेटेर पत्र काट्दा पनि वेवास्ता गरेको छ । त्यसैले, अब एक कार्यदल गठन गरेर नै यो विषयमा छानविन गर्नेछौं,’ राखेपले बुधवार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सम्झौताअनुसार कार्यान्वयन नगरे अर्काे वर्षदेखि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता नै रद्द गर्ने हामीसँगको कुराकानीमा बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४