Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘स्टारडम बोझ झैँ लाग्छ’ : अभिनेता ऋतिक रोशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशनले आफ्नो ‘स्टारडम बोझ झैँ लाग्ने बताएका छन् ।

पहिलो फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रातारात प्रशंसकको मनमा छाएका थिए । उनको नृत्यलाई मन पराउने धेरै छन् । तर, फिल्म उद्योगमा नाम र चर्चा पाउँदा पनि ऋतिकलाई स्टारडम बोझ लाग्छ । यसबारे ऋतिक आफैँले खुलासा गरेका छन् ।

ऋतिकले भारतीय सञ्चार माध्यमसँगकाे एक अन्तरवार्तामा स्टारडमबारे खुलेर कुराकानी गरेका छन् । ऋतिकले भनेका छन्, ‘एक अभिनेताको रुपमा कसैले मेरो तारिफ गर्छन् वा मेरो बारे कुरा गर्छन्, तब निकै राम्रो लाग्छ ,म सुरक्षित महसुस गर्छु तर ,मानिसहरुको म प्रतीको आशा मलाई एक बोझ जस्तै लाग्छ ।’

ऋतिकले थप भने, ‘ तर यो सबैको लागि सत्य होइन । कलाकार हुनु जिम्मेवारी हो, यसका लागि म धेरै आभारी छु । मलाई गलत नठान्नुहोस्। म आभारी छु र म यो कुराको कदर गर्छु ।’

उनले भने ‘मलाई थाहा छ, यो स्टारडम मलाई दिइएको हो । यो मैले उपहारस्वरुप पाएको हुँ तर साथै यो एउटा बोझ पनि हो, जसलाई मैले बोकिरहेको छु । यसलाई कायम राख्न मैले असाध्यै मेहनत गर्नुपर्नेछ । म यसबाट अघि बढ्न चाहन्छु । तर यो एउटा यात्रा हो । जब कुनै अपेक्षा वा आशा हुँदैन तब एक अभिनेताको रुपमा म असाध्यै नै धेरै आनन्दित महसुस गर्छु ।’

अन्तर्वार्ता को क्रममा उनले आफ्नो सबैभन्दा राम्रो प्रस्तुती ‘कोई मिल गया’ मा रहेको र आफूलाई आफ्नो फिल्मी करियरमा सबैभन्दा बढी मन परेको फिल्म बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४