Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपाको बैठक बस्दै, सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बस्दै छ । सोमबार र मंगलबार (आज र भोलि) दुई दिनसम्म चल्ने बैठकले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने नेताहरुले बताएका छन् ।

जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले आजबाट सुरु हुने राजनीतिक समितिको बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने बताएका हुन्  । बैठकमा चुनावको समीक्षा गर्दै राजनीतिक परिस्थितिको विश्लेषण गर्ने र आवश्यक निर्णय लिने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भए पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा भने जसपाका नेताहरुको एकमत छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव सांसद समेत नभएकाले उनले सरकारमा चासो दिएको देखिएको छैन । तर नवनिर्वाचित सांसदसमेत भएका धेरैजसो नेताहरुले भने सरकारमा जानुपर्नेमा जोड दिएका छन् ।

जसपाका प्रवक्ता मनिष सुमनले भने आफूहरुका मुद्दा सम्बोधन भए र शक्ति सन्तुलनमा कुरा मिले सरकारमा सहभागी हुन सकिने बताएका छन् । जसपाले नागरिकता सम्बन्धी विधेयक ल्याउनुपर्नेमा मुख्य जोड दिंदै आएको छ ।

यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा जारी भएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४