Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रणबीर कपूरको फिल्म ‘एनिमल’को फस्ट लुक सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 3.2K
    SHARES

एजेन्सी । भारतीय अभिनेता रणबीर कपूरको फिल्म ‘एनिमल’को फस्ट लुक सार्वजनिक भएको छ ।

यस फिल्मका निर्देशक सन्दीप रेड्डी भंगाले रातिको १२ बजे फिल्मको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । सार्वजनिक उक्त पोस्टरमा रणबीरको अनुहार एकतर्फ मात्रै देखिएको छ । त्यसमा उनी रगतले लतपतिएका छन् । साथै उनले हालमा बन्चरो च्यापेका छन् भने उनको ओठले चुरोट च्यापेको देख्न सकिन्छ ।

फिल्मको मुख्य भूमिकामा रहेकी अभिनेत्री रश्मिका मंदानाले पनि इन्स्टाग्राम फिल्मको पोस्टर सार्वजनिक गरेकी छन् । उनले लेखेका छन्– ‘एनिमलको फस्ट लुक सार्वजनिक भएको छ । फिल्मको हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु ।

भारतीय सञ्चार माध्यमका अनुसार यो फिल्म पाँच भाषामा प्रदर्शन हुने छ । उक्त फिल्म ११ अगस्ट २०२३ मा प्रदर्शन हुने छ । रणबीरको यो फिल्ममा भएको चरित्र उनका बाँकी फिल्मभन्दा निकै फरक हुने बताइएको छ ।

फिल्ममा रणबीर र रश्मिकाका अलावा अनिल कपूर, बबी देओल र तृप्ती डिमरीलगायतको अभिनय रहेको छ । यस फिल्ममा अभिनेता विपिन कार्कीले पनि काम गर्ने बताएका थिए । उनी धेरै पटक यस फिल्मका लागि भारत गएका पनि थिए ।

तर, पछिल्लो समय उनी फिल्मबाट बाहिरीएको र प्रसाद २ को छायांकनमा लागेको हल्ला छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४