Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल टी-२० : लुम्बिनी छैटौं जितसहित प्लेअफमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । विराटनगर सुपर किङ्ग्सलाई १२ रनले पराजित लुम्बिनी अल स्टार्सले प्रतियोगितामा छैटौं जित हात पारको छ । विराटनगरलाई हराउँदै लुम्बिनी जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा १२२ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अविजित अर्धशतकीय पारी खेले । कुशल भूर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३–१३ रन बनाए ।
अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि विवेक यादव, सुर्य तामाङ र नन्दन यादवले समान २–२ विकेट लिए । लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि ओपनर ब्याटर अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए ।

अर्का ओपनर गौरान्सु शर्माले १३ रन बनाए । पृथु बास्कोटाले १३ र विवेक यादवले १९ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि स्याड्ली भान स्कोलवेक, तिलक भण्डारी र ह्यारी टेक्टरले समान २–२ विकेट लिए । हर्मित सिंह र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यससँगै लुम्बिनी ७ खेलमा ६ जितसहित १२ अंकको साथमा अंक तालिकाको शिर्षमा रहेको छ । विराटनगर भने ६ खेलमा २ जित र ४ हार सहित ४ अंक सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

विराटनगरले अर्को खेल मंगलबार काठमाडौं नाइट्ससँग खेल्नेछ भने लुम्बिनीले अर्को खेल जनकपुर रोयल्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४