Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म सिटी बनाउन भुवन केसीले खोजे प्रदेश सरकार र निजी क्षेत्रको साथ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । दोलखामा अन्तर्राष्ट्रियस्तरको फिल्म छायांकन सिटी बनाउन चलचित्र विकास बोर्डले प्रदेश सरकार र निजी क्षेत्रको साथ खोजेको छ । भीमेश्वर नगरपालिकास्थित लाकुरीडाँडामा सिटी बनाउनेबारे अध्ययन गर्न यसै सप्ताहन्तमा बोर्ड अध्यक्ष भुवन केसीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पदाधिकारी त्यहाँ पुगेका थिए । त्यस क्रममा ११ वर्षदेखि निर्माण सुरु गर्ने भनिएको तर काम अघि नबढेको क्षेत्रमा पुगेर उनीहरुले त्यहाँ भएका प्रगति विवरण, सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा छलफल गरेका थिए ।

बोर्ड अध्यक्ष केसीले आफूहरुले यो ठाउँमा बन्ने स्टुडियोमा चाँडै नेपाली र विदेशी फिल्म सुटिङ भएको हेर्न चाहेको बताए । ‘फिल्म सिटी एक छुट्टै संसार हो । मैले बलिउड र हलिउडमा देखेको फिल्म सिटी पनि यस्तै हो,’ केसीले भने । बोर्डको मात्र नभएर सरकारको रुचि नै सिटीमा भएको उनले बताए । ‘चलचित्रले मनोरञ्जनको माध्यम मात्र नभएर कला, संस्कृतिको विकास र पर्यटन प्रवद्र्धनमा भूमिका पनि खेल्छ । हामी छिट्टै नै नेपाली र विदेशी फिल्म यो सिटीमा छायांकन भएको हेर्न चाहन्छौं,’ उनले भने ।

अध्यक्ष केसीले फिल्ड भिजिट गरेपछि आफूले फिल्म सिटी निर्माणको क्षेत्रलाई सोचेको भन्दा निकै फरक भौगोलिक अवस्थामा पाएको बताए । ‘मैले यसअघि यो सिटीलाई सामान्य रुपमा बुझेको थिएँ । बोर्ड अध्यक्ष बनेर आइसकेपछि विस्तृत अध्ययन र फिल्ड भिजिटमा पुगेपछि निकै विशाल पाएँ । हामीले सुनेको आधारमा बनाउँदै आएको धारणा भन्दा निकै वृहत स्थान रहेछ,’ उनले भने ।

केसीले निकै ठूलो योजना भएको हुँदा तुरुन्तै सम्पन्न नहुने बताउँदै सहकार्यको लागि सबै तहका सरकार र निजी क्षेत्रलाई आह्वान गरे ।

दोलखामा फिल्म सिटी निर्माणस्थलको अवलोकन गर्ने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलगायत

छलफलमा नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले दोलखावासीले फिल्म सिटीलाई सपनाको रुपमा हेरेको बताए । परियोजना सुरु भएको लामो समय बितिसकेको भए पनि सोचेअनुरुप प्रगति नदेखिएको बताउँदै उनले भने, ‘लगानीको समस्याका कारण काम थालनी गरी बेवारिसे रुपमा छोडिन थालेपछि सरकारकै अन्य मन्त्रालयले यसभित्रै आँखा लगायो । सरकारी संयन्त्रहरु कुन अवस्थामा रहेछन् भन्ने कुरा फिल्म सिटीको कथाव्यथाले बताउँछ ।’

बोर्डले केही वर्ष पहिले दुई हजार रोपनी जग्गामा करिब १६ अर्ब लगानीको डीपीआर तथा मास्टरप्लान तयार गरेको थियो । जसअन्तर्गत विद्युतको प्रसारण लाइन तान्ने, स्टुडियोभित्र पर्ने ६ किलोमिटर बाटो कालोपत्रे गर्ने, प्रवेशद्वार तथा सूचना केन्द्र तथा गेस्ट हाउसको लागि तीनवटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४