Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीको अपराजित यात्रा कायमै, काठमाडौं ३५ रनले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १५ २०७९
  • 8.4K
    SHARES

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–ट्वान्टी लिगमा अपराजित यात्रा कायमै राखेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ ।

जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्र बनायो ।

काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८, कमलसिंह ऐरीले अविजित १९, सुनाम गौतमले १८ तथा एलेक्स ब्लेकले ११ रन बनाए ।

लुम्बिनीका लागि हरमित सिंहले ३ तथा किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनायो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४०, लाहिरु मिलन्थाले २५, स्याड्ली भानले २१, कुशल भुर्तेलले १९, अनिल शाहले १३ तथा हरमित सिंहले १२ रन बनाए ।

काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान एक/एक विकेट लिए ।

लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । काठमाडौं ४ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४