Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १३ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिनु हुनेभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाउनुभएको छ । सोही दिन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

दुई वा दुई भन्दा बढी दल मिलेर बनेको सरकारका प्रधानमन्त्रीले सपथ लिएको एक महिनाभित्रै संसदबाट विश्वासको मत लिनु पर्दछ । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सत्ता गठबन्धनमा रहेका दलहरुबीच अन्य पदहरुको बाँडफाँड हुने छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेशका मूख्यमन्त्रीहरु बाँडफाँड हुनेछ ।

संविधानको धारा ७७ अनुसार निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४