Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले नमान्दा प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै प्रदेशका मुख्यमन्त्री गुमाउँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादीबीच नयाँ सरकार गठनमा भागवडा नमिल्दा देशको राजनीति नयाँ मोडमा पुगेको छ ।
त्यतिमात्रै नभई बिगत १८ महिनादेखि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच रहेको गठबन्धन पनि तोडिएको छ । अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन नतोड्ने आगामी पाँच वर्षसम्मै गठबन्धनलाई लैजाने भनेपनि अन्तत गठबनधन भत्किएको छ । खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्दा को पहिला बन्ने भन्ने विषयमा सहमति नभएपछि गठबन्धन टुटेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो पालो आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको थियो भने कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफू पहिलो पालो प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको थियो । दुवै नेताबीच त्यसमा सहमति नभएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजे सम्म बहुमतको सरकार गठनका लागि समयसीमा तोक्नु भएको थियो ।

सहमतिका लागि अन्तिम प्रयास स्वरुप गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा सहमति नभएपछि माओवादी अध्यक्ष दाहाल एमालेको समर्थन जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुग्नु भएको थियो । बालकोटमा एमाले,माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका नेताहरुबीच छलफल भएको थियो । त्यसमा दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन जुटेको हो । एमाले र माओवादी लगायतका दलहरुबीच सहमति हुँदा नेपाली कांग्रेसलाई भने राजनीतिक रुपमा सत्तामा घाटा लागेको छ ।

एमाले र माओवादीबीचको सहमतिले कांग्रेसले राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,उपसभामुख लगायत सातै प्रदेशमा मुख्यमन्त्री पनि गुमाउनु पर्ने देखिएको छ ।कांग्रेसले माओवादीलाई प्रधानमन्त्रीमा समर्थन नगर्दा राजनीतिक परिदृश्य फेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४