Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन बैठक बालुवाटारमा सुरू, सहमति नभए गठबन्धन तोडिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नयाँ सरकार गठनका लागि छलफल गर्न सत्ता गठबन्धनमा रहेका दलहरबीचको छलफल सुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा खास गरी नयाँ प्रधानमन्त्री को बन्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको छ । गठबन्धनबाटै प्रधानमन्त्री बनाउन दलहरु अन्तिम कसरतमा लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिनु भएको समयसीमा आज साँझ ५ बजे सकिदैछ । त्यसअघि सहमति जुटाएर प्रधानमन्त्रीका लागि गठबनधनबाट साझा उम्मेदवार बनाएर राष्ट्रपतिकहाँ नाम सिफारिस गर्न दलहरु सहमतिका लागि प्रयासमा लागेका हुन् ।

खासगरी प्रधानमन्त्रीका लागि कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । दाहालले आफूले पहिलो २ वर्ष प्रधानमन्त्री पाउनु पर्ने अडान राख्दै आउनु भएको छ । उता देउवाले पनि ठूलो दलको हैसियतले पहिले कांग्रेसबाटै प्रधानमन्त्री हुनुपर्ने अडान राख्दै आउनु भएको छ ।

यदि छलफलमा सहमति नजुटे गठबन्धन भत्किनेछ । त्यसो हुँदा माओवादी या कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग सहकार्यको लागि छलफल गर्नुपर्नेछ । कांग्रेस र माओवादीबीच सहमति नजुटे प्रदेश सरकारका लागि पनि नयाँ सत्ता समीकरण बन्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४