Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डोटीबाट समानुपातिक सांसदमा साउदमात्रै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ९ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम आउँदासम्म पनि कुमारसिंह टेलर आफू सांसद हुनेमा ढुक्कै थिए ।

नेपाली कांग्रेसको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका उनलाई जव सामाजिक सञ्जालमा अंकगणित आउन थाल्यो, तब डर लाग्न थाल्यो । उनी अन्तिम प्रयासमा लागे । काठमाडौं पुगे, नेताहरुसंग छलफल गरे । तर केही सीप चलेन । ०६४ सालदेखि लगातार समानुपातिक उम्मेदवार बन्दै आएका टेलरलाई यसपालि पनि सांसद पद जुरेन ।

समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा डोटीबाट ६ जनाको नाम समावेश थियो । उनीहरुमध्ये एकजनाले मात्र सांसद हने अवसर पाए । नेकपा एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक सूचीमा डोटी पूर्वीचौकी गाउँपालिकाकी निर्मला साउदको नाम अटायो । ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित साउद यस पटक पनि सोही पदमा दोहोरिन चाहन्थिन् । उनले अन्तिमसम्म उपाध्यक्षकै टिकटका लागि दौडधुप गरिन्, तर पाइनन् ।

प्रदेशसभा निर्वाचनमा उनले समानुपातिक सांसद दाबी गरिन्, उनको नाम बन्द सूचीमा पर्‍यो पनि । अन्ततः उनी सांसद बन्न सफल भएकी छन् । एमालेले सदूरपश्चिम प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीमा जम्मा तीन सिट जितेको थियो । समानुपातिकमा ८ जना पाएको एमालेले चार महिला पठाएको छ ।

प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार बनेकी कांग्रेस नेतृ प्रशिस महरा पनि अन्तिमसम्म सांसद हुने आशमै थिइन् । तर सकिनन् । कांग्रेस निकट नेपाल महिला संघको केन्द्रीय सदस्य महरा ०७४ सालको स्थानीय तह निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन् ।

यस्तै, एमालेले सुदूरपश्चिम प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा दिपायल सिलगढी नगरपालिकाकी शशी सोबको नाम राखेको थियो । एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य सोव ०७४ मा जिल्ला समन्वय समिति डोटीका निवर्तमान उपप्रमुख हुन । उनलाई पनि सांसद पद जुरेन ।

माओवादी केन्द्रबाट दुई जनाको नाम प्रदेश समानुपातिक उम्मेदवारको सूचीमा थियो । पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य गिता नेपाली र ०५४ सालको स्थानीय निकाय निर्वाचनमा निर्वाचित नगर प्रमुख पुर्णराज जोशीको नाम सूचीमा समावेश भएको भएपनि अन्तिममा दुवै आउट भए ।

नेकपा एकीकृत समाजवादीले सोही वडाबाट सीता रायमाझीलाई समानुपातिक कोटामा उम्मेदवार वनाएको थियो । रायमाझी एकिकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । उनी पनि सांसद हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४