Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महेश बाबुसँग विवाह गरेपछि श्रीमती नम्रताले अभिनय किन छाड्नु पर्यो ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ७ २०७९
  • 2.5K
    SHARES

एजेन्सी । दक्षिण भारतीय अभिनेता महेश बाबुकी श्रीमती अभिनेत्री एवं पूर्व मिस इन्डिया नम्रता शिरोडकरले अभिनय छाड्नुको कारण बताएकी छन् ।

नम्रताले हालै भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्तामा अभिनय छाड्नुको कारण लामो समयपछि खुलेर बताएकी हुन् । यस क्रममा नम्रताले आफ्ना श्रीमान् महेशले काम नगर्ने श्रीमती चाहन्थे र यो निर्णयप्रति आफू एकदमै स्पष्ट रहेको बताइन् । जसका कारण नम्रताले विबाहपछि आफ्नो अभिनय करियरमा पूर्णविराम लगाइन् ।

उनले अन्तर्वार्तामा भनेकी छन्, ‘महेशले स्पष्ट रुपमा भनेका थिए कि उनलाई काम गर्ने श्रीमती चाहिँदैन । यदि म अफिसमा काम गरिरहेको भए पनि उनले मलाई काम छाड्न लगाउँथे ।’

अन्तवार्तामा नम्रताले थप भनिन्, ‘हामीले विवाहपछि अपार्टमेन्टमा बस्ने निर्णय गरेका थियौं, किनकि म मुम्बईकी थिए । ठूला–ठूला बंगलामा कसरी बस्न सक्छु थाहा थिएन । यी सबै सोच्दा मलाई डर लाग्थ्यो, जसका कारण महेश मसँगै अपार्टमेन्टमा बस्न थाले । विवाह पहिले उनको सर्त फिल्म छाड्ने थियो भने, मेरो सर्त हैदराबादमा अपार्टमेन्टमा बस्ने । हामी दुवै निकै स्पष्ट थियौं। त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ।’

नम्रता अन्तिम पटक १७ वर्षअघि ठूलो पर्दामा देखिएकी थिइन् । उनी पछिल्लो पटक सन् २००४ मा ‘इन्साफः द जस्टिस एन्ड ब्राइड एन्ड प्रिज्युडिस’ मा देखिएकी थिइन् । यसपछि सन् २००५ मा महेश बाबुसँग विवाह गरिन् र फिल्ममा काम गर्न छोडिन् । महेश र नम्रताका २ सन्तान छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४