Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘नम्बरी सुन’मा गौरव पहारी अनुबन्धित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् ।

यसअघि यस चलचित्रमा आमेश भण्डारी मुख्य भूमिकामा अनुबन्धित भएका थिए । तर, आमेश बिना जानकारी अस्ट्रेलिया उडेपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा गौरवको जोडी नम्रता सापकोटासँग रहने छ ।

चलचित्रमा गौरव र नम्रताको अलावा बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वली लगायतको अभिनय रहने छ । यस चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

लमजुङ, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने चलचित्र झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुने छ ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४