Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपको सेमिफाइनल अघि मोरक्कोको विमानले दोहाका लागि ३० उडान थप्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २६ २०७९
  • 3.1K
    SHARES

ठमाडौं । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ ।

मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ । जारी विश्वकपमा एकमात्र अपराजित टिम मोरक्कोले सेमिफाइनलमा पुग्न पोर्चुगललाई पराजित गरेको थियो ।

आफ्ना समर्थकलाई दोहा पुर्‍याउन मोरक्कोले बुधबार ३० वटा उडान सञ्चालन गर्ने सोमबार जारी वक्तव्यमा उल्लेख छ । यो मोरक्कोमात्र होइन समग्र अफ्रिका महादेशकै लागि खुसीको क्षण थियो, जतिबेला मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश बन्यो ।

खर्चिलो हवाई यात्राका बाबजुद हजारौंको संख्याका मोरक्कन समर्थकहरु आफ्नो टिमको हौसला बढाउन कतार पुगिरहेका छन् ।विश्वकप अन्तिम १६ अन्तर्गत स्पेनविरुद्ध ४४ हजार दर्शक क्षमताको रंगशालामा झण्डै आधा संख्याका मोरक्को समर्थक थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४