Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्ल्यामर भन्दा पनि अभिनयमा रुची राख्छुः नम्रता सापकोटा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २४ २०७९
  • 3K
    SHARES

काठमाडौं । नेपाली चलचित्र ‘डेसान’ देशभर प्रदर्शनमा आएको छ । चलचित्र ‘डेसान’ शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो ।

शुक्रबार साँझ दर्शकहरूसँगै चलचित्र हेरिसकेपछि कलाकारहरूले दर्शकहरूबाट राम्रो माया पाएको बताए ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरू चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरू चाँडै फैलिने भन्ने कुरालाई चलचित्रमा देखाइएको बताएकी छन् ।

उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको बताएकी छन् । चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ, चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको बताएकी छन् । उनले ग्लामर आफ्नो ठाउँमा भएपनि आफूलाई अभिनय गर्दा मजा लाग्ने र चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतुहलता हुने बताइन् ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ । चलचित्रको मुख्य भूमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो ।

चलचित्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।

चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४