Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको बेन्च, सजाय वा प्रशिक्षकको एकल निर्णय ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २२ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । कतार विश्वकप फुटबल २०२२ जारी भइरहेका बेला पछिल्लो समय पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको चर्चा व्यापक भइरहेको छ । उनको चर्चा यसकारण व्यापक भइरहेको छ की स्वीट्जरल्यान्डविरुद्ध मंगलबार भएको अन्तिम १६ को खेलमा रोनाल्डो पहिलो रोजाईमा पर्न असफल भएसँगै उनका बारेमा अनेक आशंका र अडकलबाजी भईरहेका छन् ।

तेसो त खेलको अघिल्लो दिन नै प्रशिक्षक फर्नान्डो सान्तोसले दक्षिण कोरियासँगको खेलमा रोनाल्डोले गरेको व्यवहारका कारण आफू रुष्ट रहेको बताएका थिए । रोनाल्डोलाई परिवर्तन गर्दा उनले देखाएको आचरणप्रति प्रशिक्षकको आपत्ति थियो । प्रशिक्षक सान्तोसले खेलको अघिल्लो दिन पनि रोनाल्डो सुरुवाती रोजाईमा खेल्ने वा नखेल्ने पक्का बताउन मानेका थिएनन् ।

रोनाल्डोको अनुपस्थितिमा स्वीजरल्याण्डसँगको प्रिक्वाटरफाइनल खेलमा गोन्कालो रामोसले पहिलो रोजाईमा अवसर पाए । त्यस्तै जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेस आक्रमणमा छन् । ओटाभियो, बर्नार्डो सिल्भा र विलियम कार्भाल्हो मिडफिल्डमा खेलिरहेका छन् । टोलीको कप्तानी डिफेन्डर पेपेले गर्दा उनलाई राफाएल गुरेरो, रुबेन डियास र डिओगो डालोटले साथ दिएका छन् । गोलरक्षकमा डिओगो कोस्टा छन् ।

यता स्वीस टोलीका लागि भने गोलरक्षक यान सोमर टोलीमा फर्केका छन् । समूह चरणको अन्तिम खेलमा उनी उपस्थित थिएनन् । डिफेन्समा म्यानुएल अकन्जी, फाबियन सेर, रिकार्डो रोड्रीग्वेज र फर्नान्डेस छन् । मिडफिल्डमा ग्रानिट झाका र रिमो फ्रुएलर छन् । आक्रमणमा ब्रिल एम्बोलोलाई भार्गास, मोहमाथ सोउ र जेर्डान शाकिरीले साथ दिनेछन् ।

सुरुवाती रोजाइमा पर्न असफल रोनाल्डो ७३ औं मिनेटमा जोआओ देलिक्सको सट्टा मैदानमा प्रवेश गरेका थिए । पोर्चुगल ६–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनल प्रवेशका लागि टोलीले मोरोक्कोको सामना गर्नेछ । मोरोक्कोले स्पेनलाई हराएर अन्तिम आठको यात्रा तय गरेको थियो ।

क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको भोलीपल्ट बुधबार प्रशिक्षक फर्नान्डो सान्तोसले स्वीट्जरल्यान्डविरुद्ध बेन्चबाट खेल सुरुआत गर्ने खेलाडीका लागि अभ्यास सत्र राखेका थिए । बेन्चबाट सुरु गर्नेमा रोनाल्डो पनि थिए । तर उनी त्यो अभ्यास सत्रमा सहभागी भएनन् । पहिलो रोजाईमा परेका खेलाडीले जीममा वर्कआउट गरेका थिए । रोनाल्डो त्यही समूहमा सामेल भएका थिए । त्यसरी अलगअलग अभ्यास सत्र गरेपनि सुरुवाती खेलाडीकै साथमा सामेल हुन रोनाल्डोले अप्ठेरो मानेनन् । अन्य वैकल्पिक खेलाडीलाई भने उनको व्यवहार आश्चर्यजनक थियो ।

ठूला प्रतियोगितामा ३१ खेलपछि रोनाल्डो पहिलो रोजाईमा पर्न असफल भएका थिए । सन् २००८ यता उनले मंगलबार पहिलो पटक बेन्चबाट सुरुवात गर्नुपरेको थियो । रोनाल्डोसँग जोडिएका हरेक विषय विवादित बन्दै आएका छन् । उनलाई सुरुवात नराउने प्रशिक्षकको निर्णयले पनि धेरैलाई आश्चर्यमा पारेको थियो ।

रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिगुइजले प्रशिक्षकको कदमको कडा रुपमा आलोचना गरेकी छिन् । मंगलबार राति भएको खेलमा रोनाल्डोलाई सुरुवाती ११ मा नहालिएपछि उनकि प्रेमिका रोड्रिगेज आक्रोशित व्यक्त गर्दै ‘हामीले ९० मिनेटसम्म विश्वकै उत्कृष्ट खेलाडीको खेल हेरेर मजा लिने अवसर पाएनौँ, यो लाज लाग्ने कुरा हो,’ रोनाल्डोलाई सुरुमै मैदानमा नउतार्ने प्रशिक्षक फर्नान्डो सान्तोषको निर्णयमा रोड्रिगेजले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी छिन । खेल जारी रहँदा सुरुवाती ११ मा नपरेपछि बेन्चमा थन्किएका रोनाल्डो समेत उदास हुँदा उनका समर्थक र दर्शक समेत निरास भएका थिए ।

सामाजिक सञ्जालमा रोनाल्डोकी प्रेमिकाले आक्रोश पोखिरहेकै बेला पोर्चुगलका गोन्सालो रामोस स्वीटजरल्यान्डविरुद्ध चम्किए । रामोसले यो विश्वकपकै पहिलो ह्याट्रिक गरेर अब रोनाल्डोका लागि स्थान सुरक्षित नरहेको सन्देश दिइसकेका छन् । योसँगै रामोस विश्वकपको सुरुवाती ११ मा पहिलोपटक परेर ह्याट्रिक गर्ने जर्मनीका मिरोस्लाभ क्लासपछि दोस्रो खेलाडी बनेका छन् । विश्वकपको नकआउट चरणजस्तो माथिल्लो स्तरमा सनसनीपूर्ण ह्याट्रिक गरेका रामोस सन् २००१ जुन २० मा मा पोर्चुगलको ओल्हाओमा जन्मिएका खेलाडी हुन् ।

अब क्वाटरफाइनलमा पोर्चुगलले मोरक्कोविरुद्ध खेल्दैछ । के भन्न सकिन्छ, सायद यो खेल जित्न पोर्चुगललाई गाह्रो हुने छैन, यदि रोनाल्डोले खेलेनन् भने पनि ? यी सबै खेलमा भएका घटनाक्रमले पनि के बताउँछ भने रोनाल्डोका लागि अहिले ठीक दिन चलिरहेको छैन । फेरि एकथरिले सामाजिक सञ्जालमा आफ्ना विचार पोष्ट गर्दै के पनि भन्ने गरेका छन भने, यदि पोर्चुगल अन्तिम १६ मै रोकिएको भए विश्वकपबाट बाहिरिनुको सबै दोष सान्तोसमाथि नै हुन्थ्यो न कि रोनाल्डोमाथि ?

यति हुँदाहुँदै सामाजिक सञ्जालकै कुरा गर्ने हो भने पनि रोनाल्डोलाई पोर्चुगलको बेन्च सजाय वा प्रशिक्षकको एकल निर्णय ? यो बिषय पनि उठिरहेको छ । यता रोनाल्डोले साउदी अरेबियाको क्लबसँग फुटबलमा सबैभन्दा आकर्षक क्लब सम्झौतामा हस्ताक्षर गरेको खबर आएको केही दिनपछि, पोर्चुगलका सुपरस्टारलाई कतारमा स्वीट्जरल्याण्ड विरुद्धको आफ्नो राष्ट्रको विश्वकपको राउन्ड अफ १६ खेलको लागि बेन्च गरेको हो । यो कदमले मुख्य प्रशिक्षक सान्तोसको पनि आलोचना धेरै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४