काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सत्ता गठबन्धनलाई छाडेर नेकपा एमालेसँग सहकार्यको ढोका खुल्ला गरिएको भन्ने भनाइ गलत भएको प्रष्टीकरण दिएको छ । उसले सत्ता गठबन्धनभन्दा बाहिरबाट सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ ।
पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै माओवादीका महासचिव देव गुरुङले अहिले माओवादीले एमालेसँग सहकार्यका लागि यो गठबन्धनको विकल्प खोज्यो भनेर आएका भनाइहरु तथ्यहीन भएको भन्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताएका हुन् ।
उनले अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको माओवादीको निष्कर्ष रहेको बताएका छन् । गुरुङले निर्वाचनमा थोरै यताउता भयो होला तर, अब यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने आफ्नै कमी कमजोरी र सीमाको पनि मुल्यांकन गरिने बताएका छन् ।
उनले भएका गल्तीलाई आगामी दिनमा सुधार गर्दै पार्टीलाई सुदृढ गर्दै अघि बढ्ने र निर्वाचनसँग सम्बन्धित विषयमा बैठकमा छलफल भएको बताएका हुन् । उनले पार्टीले पहिले गठबन्धनमै छलफल गर्ने र त्यसको विकल्प खोज्ने विषयमा कुरै नगरेको बताएका थिए । उनका अनुसार सोमबार सरकार गठन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका छन् ।
उनले अहिलेसम्म गम्भिर रुपमा सरकार गठनबारे छलफल नभएको भन्दै गठबन्धन घटकबीच अब गहन छलफल हुने बताएका छन् । भोलि गठबन्धनको बैठक बसेर निर्वाचन सीमाको बारेमा समीक्षा गर्ने तयारी भएको तर, एमालेसँग गठबन्धनको कुरा नआएको दावी गरे । उनले भने,‘हिजो कतै कतै समाचार आएको पनि देखियो तर त्यस्तो होइन । गठबन्धनको विकल्प खोजेका छैनौँ उनले भनेका छन् ।