Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने तयारीप्रति कांग्रेसको आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी सार्ने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यही मंसिर महिनाभित्र मुख्यमन्त्रीको कार्यालय समेत देउखुरी सार्ने तयारी गर्नुभएकाे थियाे । तर रुपन्देही कांग्रेसले भने यस बारेमा आपत्ति जनाएको छ । रूपन्देही कांग्रेसका सभापति रामकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै नयाँ जनादेश प्राप्त भईसकेको अवस्थामा काम चलाउ सरकारले दीर्घकालीन प्रभावको कदम चाल्न खोजेको भन्दै आपत्ति जनाउनु भएको हो ।

मुख्यमन्त्री केसीले आफ्नै कार्यकालमा जसरी पनि स्थायी राजधानी सार्नेगरि तयारी गरेपछि अस्थायी मुकाममा रहेका कर्मचारी समेत विरोधमा उत्रिएका छन् । कांग्रेसले नयाँ सरकारलाई कार्यभार सुम्पिन समेत आग्रह गरेको छ । कांग्रेसले कर्मचारी आवास र प्रदेश सभाका सांसद बस्ने पूर्वाधार समेत नभएको स्थानमा लैजानु प्रतिकूल हुने जारी विज्ञप्ति भनिउकाे छ ।

हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन कांग्रेसले माग गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४