Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा विश्वकपः ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार साविक विजेता फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भएको छ ।

यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्स ट्युनिसियासँग हारका बावजुत पनि समूह डी को विजेता बन्न सक्यो ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले समूहाको अघिल्लो खेलमा उतारेको टिममा ९ खेलाडी परिवर्तन गरेको थियो ।

नकआउट चरणमा स्थान पक्का भइसक्दा फ्रान्सले अरु खेलाडीलाई पनि अवसर दिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ट्युनिसियाले गोल गर्‍यो । ५८औं मिनेटमा वाहबी खाजरीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेपछि फ्रान्स प्रशिक्षक डिडियर डेसच्याम्पसले अघिल्लो खेलमा गोल गरेका स्टार किलिएन एमबाप्पेदेखि एन्टोइन ग्रीजमन, एड्रिएन राविओट र उसमान डेम्बेलेलाई मैदान प्रवेश गराए पनि फ्रान्सले बराबरी गोल फर्काउन सकेन ।

इन्जुरी टाइमको अन्तिम मिनेटमा ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल गरेका थिए । खेल सकिनै लागेको अवस्थामा गोल भए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले अफसाइड करार गरेको थियो ।

समूह डी मा फ्रान्सले दुई जित र एक हारबाट ६ अंक जोड्दै समूह विजेता बन्यो । अष्ट्रेलियाले पनि डेनमार्कलाई अन्तिम खेलमा पराजित गर्दै फ्रान्ससमान ६ अंक नै जोडेको थियो । तर, गोलअन्तरमा पछि रह्यो ।

फ्रान्सलाई स्तब्ध पारेको ट्युनिसियाले ४ अंक जोडेपनि समूह चरण पार गर्न सकेन । फ्रान्सले अब अन्तिम १६ मा समूह सी को उपविजेतासँग खेल्नेछ ।

सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएपछि फ्रान्सले विश्वकपमा पहिलो हार भोगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४