Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी अभिनेता क्लेरेन्स गिलार्ड जुनियरको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । अमेरिकी अभिनेता क्लेरेन्स गिलार्ड जुनियरको निधन भएको छ ।

जुनियरको ६६ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी वाकर, टेक्सास रेंजर र डाइ हार्ड जस्ता फिल्महरूका लागि परिचित छन् । तर, उनको निधनको बारेमा धेरै जानकारी आएको छैन ।

जुनियरको निधनलाई युनिभर्सिटी अफ नेभाडा, लस भेगासले एक विज्ञप्तिमा पुष्टि गरेको छ। जुनियर युनिभर्सिटी अफ नेभाडा, लस भेगास कलेज अफ फाइन आर्ट्समा थिएटर र फिल्मका प्रोफेसर थिए ।

जुनियरले फिल्म, टेलिभिजन कार्यक्रम र नाटकहरूमा आफ्नो कुशल अभिनयले मानिसहरूको मनमा फरक छाप छोडेकी थिए। उनले ‘टप गन’ बाट अभिनयमा डेब्यु गरेका थिए । सन् १९८९ मा उनी ‘म्याटलक’ मा वकिलको भूमिकामा देखा परेका थिए, जसलाई दर्शकले निकै रुचाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुनियर जन्म २४ डिसेम्बर १९५५ मा वासिङ्गटनको मोसेस लेकमा भएको थियो । उनले क्यालिफोर्निया स्टेट युनिभर्सिटी, लङ बीचमा अभिनयको अध्ययन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४